CT- scan and MRI centers in Kathmandu
6 November, 2020CT- scan and MRI centers in Kathmandu...
Read Moreडा. कमल राज धिताल
छाला तथा यौन रोग बिशेसज्ञ
गर्मि महिनाको आगमन संगैको बढ्दो तापक्रम र ह्युमिडीटिको कारणले हाल दादको समस्याले धेरै जना पिडित भएका छन् | प्रस्तुत लेखमा दाद किन के हुन्छ ? कति प्रकारको हुन्छ ? यसको उपचार कसरि गर्न सकिन्छ ? र यो बाट कसरी बच्न सकिन्छ भन्ने बारेमा बताईएको छ |
दाद भनेको के हो ?
दाद भनेको छालामा आउने एक प्रकारको रोग हो | यो कोईन जस्तो गोलो हुन्छ जसको बीचको भाग सामान्यतया खालि हुन्छ भने बाहिरको घेरामा केहि उठेको जस्तो रातो घेरा देखिन्छ जसमा सेतो स साना कत्ला हरु देखिन्छ | यो एकदम चिलाउने हुन्छ | (चित्र मा देख्न सकिन्छ) यसलाई अंग्रेजी भाषामा रींगवोर्म भनिन्छ भने मेडिकल भाषामा टिनिया इन्फेक्सन वा डरम्याटोफाईटोसिस भनिन्छ |
दाद किन हुन्छ ?
दाद एक प्रकारको किटाणु ले हुने संक्रमण हो | धेरै प्रकारका किटाणुको बारेमा हामीले सुनेका छौ जस्तै ब्याक्टेरिया , भाइरस वा फंगस |दाद फंगस को संक्रमणले हुने रोग हो | यो रोग कुनै मानिसमा भएमा उसबाट सजिलै संग छोएर वा उसको लुगा हरु लगाएमा वा एउटा तौलिया वा साबुन धेरै जनाले प्रयोग गरेमा आउछ | तेस्तै धेरै पसिना आउने मान्छे अथवा कुनै दिर्घ रोगभएका मान्छे हरुलाई दाद धेरै आउछ जसमा शरिरको रोग संग लड्ने क्षमता कम हुन्छ |
दाद कति प्रकारका हुन्छ ?
१) टिनिया क्यापाईटिस (tinea capitis) – टाउको मा हुने फंगस को संक्रमन लाइ टिनिया कर्पोरिस भनिन्छ यसमा टाउको को कपाल झर्ने वा टाउको मा पाकेको जस्तो घाउ हरु आउने हुन्छ | यो बच्चा हरुमा धेरै आउछ ठुलो मान्छे हरुलाई खासै आउदैन | चित्र मा देख्न सकिन्छ |
२) टिनिया फ़ेसिआइ (tinea faciei)– एस्तो प्रकारको दाद अनुहारमा आउछ | यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद अनुहार मा आउछ |
३) टिनिया कर्पोरिस (tinea corporis)– यो सबभन्दा बढी देखिने दाद हो | यो जिउ मा हात मा तिघ्रा मा आउछ | यो अवस्थामा पनि गोलो अतिनै चिलाउने दाद जिउ मा आउछ |
४) टिनिया क्रुरिस (tinea cruris)- एस्तो प्रकारको दाद काखीमा वा काप हरुमा जुन ठाउमा पसिना धेरै जम्मा हुन्छ तेस्तो ठाउमा आउछ | यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद आउछ|
५) टिनिया पेडिस (tinea pedis)- एस्तो प्रकारको दाद खुट्टामा आउछ | यो अवस्थामा गोलो खालको अतिनै चिलाउने दाद खुट्टा मा आउछ अथवा खुट्टा मा एलर्जी जस्तो कत्ला जस्तो देखिने घाउ वा पानि फोका जस्ता घाउ हरु देखिन्छ |
६) ओनाइकोमाइकोसिस (onychomycosis)– यो नङ मा आउने एक प्रकारको दाद हो | एस्तो अवस्थामा नङ बाक्लो हुने पहेलो हुने सजिलै संग टुक्रिने जस्तो समस्या हरु आउछ |
उपचार कसरि गर्ने ?
दादको उपचार रोगको अवस्था , कुन ठाउमा आएको हो , व्यक्तिको उमेर वा अन्य कुनै बिमारी भएको अवस्था अनुसार फरक हुन्छ | लगाउन को लागि ब्युटनाफिन (butenafine) वा लुलिकोनाजोल (luliconazole) वा क्लत्रिमाजोल (clotrimazole)जस्तो औषधि हरु पाइन्छ|जो दिन मा दुइ पटक बिहान बेलुका ४ देखि ६ हप्ता लगाउनु पर्ने हुन्छ | तेसैगरी खानको लागि टर्बिनाफिन (terbinafine) २५० एम जी दिन मा एक चक्की वा इटराकोनाजोल (itraconazole) १०० एम जी दिनमा दुइ पटक २ देखि ४ हप्ता सम्म खानु पर्छ | कृपया बिना चिकित्सक को सल्लाह औषधि सेवन नगर्नु होला |
यो रोग बाट कसरि बच्न सकिन्छ?
१) सरसफाई – हरेक दिन गर्मि मौसम मा दुइ पटक नुहाउने गर्नु पर्दछ | नुहाउन को लागि शावर जेल को प्रयोग गर्नु राम्रो हुन्छ साबुनको तुलनामा |
२) लुगा – भित्रि लुगा , मोजा हरेक दिन चेन्ज गर्नु पर्दछ र एस्तो लुगाहरु कैले पनि चिसो लगाउनु हुदैन | बाहिर लगाउने सर्ट , पेन्ट हरु पनि राम्रो संग सुकेको र आइरन लगाएर लगाउनु राम्रो हुन्छ |आफ्नो लुगा अरु संग साट्ने बानि गर्नु हुदैन |
३) नुहाएपछी जिउ सुखा हुने गरे पुस्ने गर्नु पर्दछ र काखी मा वा कास मा क्लटरिमाजोल पाउडर को प्रयोग गर्नु पर्छ |
४) नंग काट्दा कुनै औला मा दाद आएको छ भने त्यो नंग काटे पछी नंगकट राम्रो संग स्पिरिट ले साफ गरेर मात्र अर्को नंग काट्नु पर्दछ |
५) खानाले फंगस को बृद्दी मा फरक नपर्ने हुनाले दाद भयको मानिसले खाना बार्नु जरुरि छैन तर स्वस्थ खाना र स्वस्थ जीवन यापनको जरुरि छ|
६) बजारमा पाउने स्टेरोइड भयको औषधि कहिले पनि बिना चिकित्सकको सल्लाह खाने वा लाउने गर्ने हुदैन |
७) चिकित्सकको सल्लाह अनुसार पुरै डोज को औषधि सेवन गर्नु पर्दछ निको भयो भनेर बिचमा औषधि छोड्नु हुदैन |
Leave a comment