Asked by Anonymous User ,32 years

on 2/7/21

pregnancy को बेलामा piels normal हो कि डराउनु पर्ने हो? यदि piels भयो भने के गर्ने? constipation ले गर्दा पनि हुनु सक्छ piels? pregnancy को बेलामा piels को उपचार कसरी गर्न सकिन्छ कि एकचोटि gynecologist doctor सङ सल्लाह लिदा राम्रो हुन्छ?

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper) MCh resident (Department of Urology and Kidney Transplant Surgery, TUTH, Kathmandu)), 2 Years of practice

नमस्कार गर्भवती भएको बेलामा piles हुनसक्छ । तर piles हुनुलाइ नर्मल चाहिँ भनिदैन । कब्जियत पाइल्सको मुख्य कारक तत्व हो तेसैले दिशा नरम हुनु पर्यो साथै बल गर्ने , कन्ने नगर्नु होला । यदि कब्जियत छैन र पाइल्स गर्बवतिको बेलामा मात्र आएको हो भने पछि ठिक हुन सक्ने चान्स बढी छ । पाइल्स सर्जरी को डाक्टर जस्तै मैले हेर्ने हो । गर्भवती अवस्थामा औषधिको प्रयोग गर्न हामी चाहन्नौ तेसैले औषधि तपाइलाइ नहेरी तपाइको पाइल्सको ग्रेड ( जुन ४ ग्रेडको हुन्छ) थाहा नपाइ दिन सक्दैनौ । अत: तपाइले अहिले ध्यान दिन पर्ने कुरो भनेको दिशा नरम बनाउनु पर्छ जसको लागि प्रशस्त पानी तथा सागसब्जी खान पर्छ । समस्या बढी छ भने सर्जन डाक्टरलाइ देखाउनु होला । धन्यबाद ।।।

Answered on 3/7/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

पानी प्रसस्त खाने, सागपात खाने गर्नुहोला। सकेसम्म दिशा पातलो बनाउने कोसिस गर्नुहोला। गाह्रो भएमा एकपटक डाक्टरकोमा गएर परिक्षण गराउनुहोला।

Answered on 3/7/21

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters