Asked by DURGA KHADKA ,38 years

on 24/5/18

Namaste mero prasn pet rog sambndhit xa. kei samaya yata dekhi bivinna hospital r dr. folow garepni pet dukhe kam vyko xain. dherae lamo prayas r hospital ko vgadaud bat yo t tha vyo ki pencritities vyko vner tar upachar k xa k yo rog ko treatment nepal ka hospital haru mae xa ki antae xa. jati ausadi garepni pet dukhae pet poln khana aruchi manxe day per day sukdae januvaxa . hjr bat kei suggestion paye family bachaun sakinthio ki?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद। Pancreatitis भनेको हाम्रो पेटभित्र रहेको पचाउने रस निकाल्ने Pancreas भनिने एक अंग सुन्निने समस्या हो। यो सुन्निने कारणहरु धेरै हुन्छन। मुख्य कारण चाहिँ पित्त थैली र नलीमा ढुङ्गा अड्किनु, रक्सी धेरै खानु हुने गर्छन । अन्य कारणहरु जेनेटिक, भाइरल, कुनै विषालु पदार्थ खाएमा पनि हुन सक्छन। कतिपय अवस्थामा भने कारण यहि हो भनेर यकिन गर्न सकिन्न। यो रोग लागेमा रगतमा Amylase भनिने एक किसिमको पदार्थ बढ्ने गर्छ। साथै सीटी स्क्यान गरेर Pancreas कति सुनिएको छ थाहा पाउन सकिन्छ । यसको उपचार भनेको कारण थाहा पाएर त्यसैअनुरूप उपचार गर्ने हो । कारण पित्तनलीमा ढुङ्गा भए त्यसलाई निकाल्नपर्छ, रक्सी सेवन भए त्यो कम गर्नपर्छ । अन्य कारणहरुलाइ पनि त्यसै अनुरुप उपचार गर्नुपर्छ। Pancreas सुन्निएर कामनै नलाग्ने भएमा वा अन्य केही जटिलताहरु पनि भएमा अपरेसन पनि गर्नपर्ने हुन सक्छ। यसको उपचार काठमाडौ तथा अन्य ठुला शहरका अस्पतालहरुमा हुन्छ । त्यस्को बाहिर जिल्लामा उपचार गरेर नि सन्चो नभए काठमाडौका अस्पतालहरु टिचिङ, वीर आदिमा जाँच गराउनुहोला। शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 24/5/18

Post your Reply

Press Here to type in नेपाली ➤