Asked by PRADIP SONI

on 25/8/19

पिप र रगत केही पनि बगेको छैन तर अप्रेशन गरे देखि हाल सम्म दुखी रहेको छ । झुम्रेको छ कान । सुनाई 4 महिन देखि पूरा बन्द भएको छ सर । चेक गर्दा ठिक छ भन्छ नेपाल्गन्ज मा । खासै मन लगएर चेक नगेको फिल हुन्छ मलाई । समान्य काम गर्न समेत गरो भैरहेको छ दुखेर। मैले अप्रेसन गरेको प्रमाण हराएकोले झन समस्या भएको छ । के सन्धै दुखिनै रहन्छ त अप्रेशन गरे पछि । पुन अप्रेसन गरेर समाधान गर्न सकिन्न र सर मादम ? म अहिले स्नातकोत्तर अध्ययन को साथै लघुबित्त संस्था मा शाखा प्रमुखको रुपमा कर्यरत पनि छु। मलाई मेरो कान्को दुखाई ले दिन प्रतिदिन पिडा बनाएको छ । मले दुई वता कान अप्रेसन गरेको छु पहिले गरेको अप्रेसन दाहिने कान्को सुनाई कम भए पनि दुखेको छैन ठिक छ । देब्रे कानको थुलो अप्रेसन गरेकोले अप्रेशन गरे देखि सुनाई पनि घत्दै गएर बन्द भएको छ र दुख्न पनि छोडेको छैन । अब येस्को कहाँ गएर समाधन गर्न सकिन्छ सर । सुझाब दिनुहोल।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । के समस्या भएको र के अपरेसन गरेको हजुरको कुराले प्रष्ट हुदैन । एकपटक पुरानो कागजपत्र वा अहिक्र जचाउनुभएको कागजपत्र मात्र भए नि के भएको हो यकिन गर्न सकिन्थ्यो । त्यसको निम्ति नाक कान रोग विशेषज्ञसंग सल्लाह गरेर सोहिअनुसार गर्न सकिन्छ। तपाइँलाई नेपालगन्जमा उपचार चित्त नबुझे एकपटक काठमाडौ आएर अर्को डाक्टरलाई देखाएर थप सल्लाह र उपचार पनि गर्न सक्नुहुन्छ । हाम्रोडक्टर मार्फत कान रोग विशेषज्ञसंग आफ्नो अहिलेको रिपोर्ट सहित अनलाइन परामर्श गर्न यो लिन्कमा जनुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 26/8/19

Post your Reply

Press Here to type in नेपाली ➤