Asked by Dayaram Bhattarai

on 29/3/20

Doctor साब मलाइ १/२ दिन भयो ग्यस्ट्रीक ले सताएको छ त्यसले गर्दा होला टाउको भारी हुने ट्वाइलेट लागि रहने अनि कमजोरी महसुस हुने भएको छ यस्को लागि म के गर्न सक्छु ?

Replies to question

Post Reply

Gastritis ले सताएको भनेको बुझिएन। टाउको दुख्ने पखाला लाग्ने ग्यास्ट्राइटिस बाहेक अरु कारणले हुन सक्छ । ग्यास्ट्राइटिसमा पेट पोल्ने अमिलो पानी आउने हुन्छ । पानी प्रसस्त खानुहोला र खाली पेट नबस्नुहोला। चिल्लो पिरो अमिलो कम खानुहोला । अस्पताल खुलेसी एकपटक चिकित्सकलाई गएर देखाउनुहोला। धन्यवाद

Answered on 29/3/20

पहिलो कुरा ग्यास्ट्रीक /Gastritis हो कि होइन भन्ने हो। यदि पेट फुल्ने, मुखमा अ्मिलो पानी आउने भैरहन्छ भने प्रशस्त पानी खाने, चिल्लो पिरो कम खाने, सादा खाने कुरा खाने र आवश्यकता परेमा औषधि लिनु पर्दछ। Advised Medicine: Tablet Pantoprazole 40mg दिनमा २ पटक, खाना खानु भन्दा आधा घण्टा अगाडि टाउको भारी को बारेमा टिप्पणी गर्न मिलेन अहिले।

Answered on 29/3/20

Post your Reply

Press Here to type in नेपाली ➤