Asked by Mukunda Guni

on 30/3/20

नमस्कार म ३२ बर्ष को भए , बिगत ८/१० दिन देखी मेरो देब्रे छाती मुटु धडकिने ठाउॅको आसपास दिन मा एक /दुई पटक सहन सक्ने तर गहिरो दुख्छ अनि पुन बिस्तारै ५/१० मिनेट मा निको हुन्छ नजानिदो ५/१० प्रतिशत दुखाई मतलभ अपठ्यारो पन भने बेला बेला मा भई रहन्छ । पहिला कुनै नियमित औषधी खाने कुनै समस्या छैन / यो मुटु खराब हुने या अरु कुनै रोग को लक्षण त होईन ? तत्काल केहा औषधी जिन जरुरी छ ? कृपया प्रष्ट पारी दिनु हेला । धन्यवाद 🙏

Replies to question

Post Reply

नजिकै अस्पताल छ भने त्यस्तो दुखेको बेला एकपटक ecg गर्न जानुहोला । केही समस्या भए नभएको ढुक्क भैन्छ ।

Answered on 30/3/20

सूगर पेसर त छैन तर पहिला BP 110/70 आसपास हुन्थ्यो / आजकाल साल छ महिना देखी BP 125/80 जस्तो छ ।

Answered on 30/3/20

के गर्दा दुखाइ बढ्ने हुन्छ? सुगर प्रेसर केहिको समस्या छ र? एकपटक इसीजी गरेर हेर्नपाए राम्रो हुन्थ्यो । साह्रै दुखेमा, सास फेर्न गाह्रो भएमा, छाती भारी भएको लागेमा तुरुन्त नजिकको अस्पताल जानुहोला । मुटुरोग विशेषज्ञसंग केही थप परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/sugar-thyroid-heart

Answered on 30/3/20

Post your Reply

Press Here to type in नेपाली ➤