Asked by Anonymous User

on 13/4/20

मेरो घाँटी दुखे जस्तो हुन्छ घाँटी सुख्खा हुन्छ । खोकी लाग्ला जस्तो हुन्छ । यो समस्या 4/5 दिन सम्म हुन्छ फेरि 1/2 सन्चो हुन्छ फेरि त्यस्तै हुन्छ के भएको जोला ,,, कोरोनाको लक्षण यस्तो हुन्छ र .... म घर बाट कतै गएको नि छैन बाहिर बाट कोहि आएको नि छैन ।।। अब महिले के गर्दा होला सर कृपया सल्लाह सुझावको अपेक्षा गरेको छु ।।। घरी सन्चो हुन्छ घरी फेरि बल्जिन्छ के भएको होला

Replies to question

Post Reply

अहिले त्यहि माथि भनेजसो गर्नुहोला! थप समस्या भएमा वा ठिक नभएमा एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला!

Answered on 15/4/20

ज्वारो आउदैन 1 हप्ता अघि अलि अलि सुख्खा खोकी लग्थ्यो औषधि खाए पछि सन्चो भयो त्यति खेर स्वास फेर्न गाह्रो भए जस्तो महसुस हुन्थ्यो । औषधि खान छोडे पछि घाँटी दुख्न खोकी लाग्ला जस्तो हुन्छ । 2 पटक यस्तै जारी छ औषधि खाए पछि सन्चो हुन्छ छोडे पछि फेरि बल्जिन्छ । मेरो परिवार कोहि बाहिर बाट आएको नि छैन म नि कतै गएको नि छैन । घर बाट कतै गएको छैन ।

Answered on 14/4/20

ज्वरो खोकी कतिको छ? विदेश जानुभएको वा कोहि बिदेशबाट आएको मानिसबाट नजिकै हुनुहुन्छ र? कैलेकही एलर्जी वा अन्य भाइरल pharyngitis नि हुन सक्छ । घरभित्र नै बस्नुहोला। मन तातो पानीमा नुन मिसाएर दीनको तीन चोटि कुल्ला गर्नुहोला। गाह्रो भएमा वा दुबिधा लागेमा कल सेन्टर १११५ वा "हाम्रो स्वास्थ" एप डाउनलोड गरेर त्यहा रहेको फारम भर्नुहोला।

Answered on 14/4/20

Post your Reply

Press Here to type in नेपाली ➤