Asked by Ram Prasad Pokhrel

on 14/4/20

मैले Clobazam 5 mg दवाइ तीन महिना देखि बिहान साझ खाइ रहेको छु । मलाई टाउको मा अप्ठ्यारो हुने र सकस हुने समस्या थियो र मैले काठमाडौको hospital मा VEEG गर्दा "Abnormal: IEDs Left anterior temporal" समस्या देखिएको ले doctor ले clobazam 5 mg दिनको दुई पटक चलाउनु भएको थियो। अहिले सो समस्या देखिएको छैन। मलाइ कहिले पनि बेहोस हुने अचेत कुनै समस्या थिएन र अझै पनि छैन। मैले time time मा neuro doctor सग follow up check up गरि रहेको थिए तर अहिले locked down सुरु भए देखि follow up मा जान सकेको छैन। अब फेरि locked down बढेको छ । अब दवाइ धेरै दिन लागी छैन । म जुन doctor सग उपचार गराइ रहेको थिए उहाको कुनै contact number पनि छैन। मेरो बसाइ अर्घाखाँचीमा छ र गाउको बसाइ भएकोले गर्दा नजिक कुनै medical र Pharmacy पनि छैन। अब म यो दवाइ छोडन छोडन पर्ने स्थिति मा छु । यो दवाइ एक्कासि छोडन हुदैन भन्ने सुनेको छु अब मैले के गर्दा राम्रो होला ? के मैले अब यो दवाइ दिनको एक समय मात्र खान मिल्छ होला ? यसो गर्दा केही समस्या होला कि नहोला ? कृपया मलाई कुनै राम्रो सल्लाह दिनुहोस।

Replies to question

Post Reply

धेरै धेरै धन्यवाद Dr Ghanshyam Sir. मैले तीन महिना देखिनै clobazam खाइ रहेको छु sir .सायद यो दवाइले मेरो समस्या कम गरेको हुदा Doctor ले यहि मात्र दवाइ दिई रहनु भएको छ। अहिले को परिस्थितिले गर्दा follow up मा जान सकेको छैन । हजुरको सुझावले मलाई धेरै राहत मिल्यो sir . धेरै धेरै धन्यवाद sir.

Answered on 16/4/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

तपाइले अलि लामो समय सम्म नै औषधि खानु पर्ने हुन्छ। प्रायः clobazam मात्रै दिइदैन। तर तपाइको छारे control मा छ तसर्थ यो दबाइ खादै गर्नु होला।

Answered on 15/4/20

धन्यवाद sir। मलाई doctor ले clobazam 5 mg मात्र चलाउनु भएको छु अरु कुनै दवाइ चलाउनु भएको छैन। मैले 3 महिना देखि यहि दवाइ बिहान साझ खाइ रहेको छु । मेरो पुरानो report mri को छ जसमा (IMPRESSION: 1. Ring shaped cortical/ subcortical lesion with eccentric dot and blooming on SWI and calcification on phase images in the left hippocampal formation with minimal peripheral gliosis/edema. Findings represent calcified granuloma most likely related to neurocysticercosis. Other diagnostic consideration is tuberculosis. 2. Mild increased signal and volume loss of the left hippocampus as compared to the right. Findings are suggestive of left mesial temporal sclerosis. Clinical correlation is suggest र VEEG मा Abnormal : IEDs : Left anterior temporal ( Abnormal VEEG record ) थियो र पछि फेरि यो दवाइ खाए पछि VEEG गर्दा NORMAL थियो ) भने पछि sir यो दवाइ जसरी भए पनि खान परि रहने भयो ? यो locked down ले गर्दा साह्रै दुख हुने भयो ।

Answered on 14/4/20
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

राम जि, तपाइलाइ छारे रोग को लागि यो औषधि सङै अर्को औषधि पनि दिइएको हुनु पर्छ। तपाईं यो औषधि छाँया मेडिकल हल बाट लिन सक्नु हुने छ।वा अन्य मेडिकल हल बाट पनि लिन सक्नु हुनेछ। तर यो औषधि उहीँ mg नै उहीँ तरिका ले खानुहोस। औषधि तपाइलाइ र तपाइको पुरानो report बिना घटाउन मिल्दैन। औषधि कम गर्दा वा बन्द गर्दा uncontrollable seizure आउन सक्छ र तपाइलाइ ICU मा भर्ना गर्नु पर्ने पनि हुन सक्छ।

Answered on 14/4/20

Post your Reply

Press Here to type in नेपाली ➤