Asked by शमसेर पुलामी

on 14/4/20

लकडाउन भए यता मनमा डर भैरहन्छ जसले गर्दा अन्य कुरामा ध्यान जाँदैन र खान पटक्कै लाग्दैन । पेटको ग्याँसको अौषधि पेन्टाप र पेप्टोजाईम खाँदैछु । डर हटाउने अौषधि के हुन सक्छ ?

Replies to question

Post Reply

सर मैले ३बर्ष अघि वीर हस्पिटलमा पेटको इन्डोस्कोपी गर्दा duloxetine अौषधि लिएको थिएँ झण्डै दुई बर्षसम्म खाएँ । यसले मलाई धेरै राम्रो काम पनि गर्यो । मेरो तौल बढाएको थियो तर अहिले तौल घटेर गएको छ । यो अौषधि अहिले ३हप्ता जति पुग्ने म सँग छ । यो अौषधि पुन लिन ठीक होला सर ?

Answered on 27/5/20
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

डर हटाउने औषधी भनेर एउटा कुनै औसधी खाएर डर भागीहाल्ने भन्ने हुदैन! यस्तो समयमा केहि डर र चिन्ता लाग्नु स्वाभाविक नै हो! सकेसम्म आफुलाई व्यस्त राख्नुहोला! समाचार र सामाजिक संजालमा देखिने हल्लाको पछि नलाग्नुहोला! योगा, ध्यान, व्यायाम आदी गर्नुहोला! घरमा परिवारसंग धेरै समय विताउनुहोला! धन्यवाद

Answered on 15/4/20

Post your Reply

Press Here to type in नेपाली ➤