Asked by Anonymous User

on 16/4/20

नमस्कार विगत 8 9 दिन देखि मैले अनुभव गरेका परिपर्तन् हरु र मलाई आई परेका समस्या हरु 1. निद्रा नलाग्ने 2. सास एकदम नपुगे जस्तो हुने 3.भोक नलाग्ने यस्ता समस्या हरु आएको ले कृपया मलाई सहयोग गर्नुहुन विनम्र अनुरोध गर्दछु मेरो एकदम ठूलो समस्या भनेको सुत्न सक्दिन अनि सास नै नपुगे जस्तो हुन्छ राति मा

Replies to question

Post Reply

केहि कुराको चिन्ता तनाब लिनुभएको छ र? अरु मन आत्तिने केही छ? Anxiety भएको हुन सक्छ! ऐले लकडाउन र महामारीको बेलामा यस्तो समस्या कसैमा देखिन सक्छ ! एक्लो खाली समय नबस्नुहोला! योगा, ध्यान व्यायाम आदि गर्नुहोला! मोबाइल र समाचार तथा सामाजिक संजाल धेरै प्रयोग नगर्नुहोला! घरपरिवारसंग समय बिताउनुहोला! साह्रै गाह्रो भएमा नजिकैको अस्पताल जानुहोला! हाम्रोडाक्टर मार्फत अनलाइन परामर्श गरेर मानिसक रोग विशेसज्ञसंग सल्लाह लिन चाहानुहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/mental-health

Answered on 16/4/20

Post your Reply

Press Here to type in नेपाली ➤