Asked by Anonymous User ,39 years

on 3/5/20

दाहिने कानकाे अप्रेसन गरेकाे २.५ बर्ष जती भयाे अहिले नियमित रूपमा दुवै कानवाट पिव वगीराख्छ । धेरै ठाउमा देखाउदा पनी ठिक भएकाे छैन । कान सुन्नलाइ पनी समस्या भएकाे छ र कहिलेकाही पिव संगै रगत जस्तै पनी देखिन लाग्याे । के गर्न सकिन्छ र कहाँ देखाउदा राम्राे हाेला उचीत सल्लाह दिनुहाेला ।

Replies to question

Post Reply

यसको लागि पुरानो रिपोर्ट हेरेर के को लागि अपरेसन गर्नुभएको हो तथा ऐले कानको परिक्षण गरी के भएको छ हेरेर मात्र यकिन भन्न सकिन्छ! बन्द खुलेपछि अस्पताल गएर एकपटक कान रोगको डाक्टरलाई देखाएर परिक्षण गराउनुहोला! ऐले यहि अनलाइनमा केहि सल्लाह र परामर्श लिन चाहानुहुन्छ कान रोग को डाक्टरसंग भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-jayandra-pra-pradhanang

Answered on 3/5/20

Post your Reply

Press Here to type in नेपाली ➤