Asked by Anonymous User ,38 years

on 25/3/18

मेरो २ दिन बाट आँखा भन्दा तल्लो भाग सुनिएको छ अनि किड्नी को भाग मा हलुका दुखि रहेको छ के भयको होला

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । आखाको ओरीपरी सुन्निने समस्या धेरै कारणले हुने गर्छ । तपाइँ कति बर्षको हुनुभो, प्रेसर सुगर लगायतका समस्याहरु छन कि छैनन आदि जान्नु जरुरी हुन्छ । प्रेसर सुगर भएको मानिसमा मृगौलामा असर देखियो भने आँखा सुन्निने हुन्छ । बच्चाहरुमा मृगौलाका रोगहरुले पनि आँखा सुन्निने हुन्छ । आँखाको एउटा सानो भाग मात्रै सुन्निएको हो भने पिप जमेको वा परेलाको समस्या हुन सक्छ । त्यसैले आफ्नो समस्या नजिकैको अस्पतालमा चिकित्सकलाई देखाएर उपचार गराउनुहोला । शिघ्र स्वास्थलाभको कामना।

Answered on 26/3/18

Post your Reply

Press Here to type in नेपाली ➤