Asked by Anonymous User ,45 years

on 18/8/18

नमस्कार डाक्टर साहब हाल सालै मेरो आफन्तलाई बाटोमा हिँड्दा बाटोतिर बस्ने कुकुरले टोकेछ ।टेकु गएर रेबिजको सुई लगाएको छ पाँच चोटि लगाउनु पर्छ भन्ने सुनियो साथै अर्को नयाँ सुई आएको छ रे रेबीजको डोज पछि दिनु पर्ने सुनियो टेकुमा पाइँदैन रे बाहिर किन्नु पर्ने तर भाउ सुनियो पचास हजार !के कुकुरले टोक्दा यति महंगो औषधी लगाउनु पार्ने हुन्छ?पर्छ भने औषधी को नाम र मूल्य कति पर्छ होला कृपया समाधान गरिदिनुभएमा आभारी हुने थिए😀

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । नेपाल सरकारद्वारा वितरण गरिएको एन्टी रेबिज भ्याक्सिन ०,३,७,१४,२८ औ दीन गरि ५ पटक लगाउनुपर्छ । हाल नया आएको इमुनोग्लोबुलिन सहितको भ्याक्सिन भने ३ पटक मात्र लगाए पुग्छ भनेर भनिन्छ तर त्यो भर्खरै विकसित भएको कारणले नेपाल सरकारले वितरण गरेको छैन आफै किनेर लाउने हो भने महङ्गो पर्छ । पुरानै ५ पटक लगाउने सुइ लगाएपनि रोगको निधानमा खासै फरक पर्दैन । यदि आफू किन्न सक्नुहुन्छ भने नयाँ आएको लगाएपनि हुन्छ । ठ्याक्कै मुल्य हामीलाई पनि थाहा भएन । धन्यवाद ।

Answered on 18/8/18

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters