Asked by Sapana Dahal

on 26/3/18

दुई हप्तादेखि सुख्खा खाेकि मात्र लागि रहेकाे छ। केही उपाय हाेला निकाे पार्ने??

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । लामो समयसम्मको खोकीको धेरै कारण हुन्छन । सुख्खा खोकी छ भने एलर्जीको कारणले पनि हुन सक्छ। त्यसो हो भने घाँटी चिलाउने, खसखस हुने समस्या पनि देखिन्छ । के कारणले एलर्जी भएको हो त्योबाट बच्नपर्यो । सकेसम्म चिसो, धुवा धुलोबाट टाढै रहनुहोला । खोकी अझै लामो समयसम्म रहिरह्यो, जोरो आउने, खकारमा रगत देखियो भने अरुनै समस्या पनि हुन सक्छ जसको लागि खकार जाँच, एक्स रे आदिको आवश्यकता हुन सक्छ । सन्चो नभएमा नजिकैको स्वास्थ्य संस्थामा गएर जाँच गराउनुहोला।

Answered on 26/3/18

Post your Reply

Press Here to type in नेपाली ➤