Asked by uttam karki

on 18/6/20

भुकम्प आइहाल्यो अब आफू बसेको घर लडाइहाल्यो झै मात्र हुन्छ आज भोलि। कोरोना भन्ने त केही होइन झै लाग्छ । त्यस्तो पुरानो समस्या पनि केही छैन । औसधि सेवन, दिर्घ रोग, केही छैन । उमेर ३४ बर्ष भयो । संभाबित समस्या के हुन सक्ला । यो समस्याबाट अर्थात यस्तो सोचाइ बाट टाढा हुन के गर्न सकिएला ?

Replies to question

Post Reply

आफुलाई सकेसम्म व्यस्त राख्नुस! व्यायाम गर्नुस, योग गर्नुहोस, ध्यान गर्नुहोस! परिवारसंग समय विताउनुहोस! खाली समय यसै सोचेर नबस्नुहोस! सामाजिक संजाल र समाचारहरु धेरै नहेर्नुहोस! अझै गाह्रो नै भए एकपटक मनोचिकित्सकसंग अनलाइनमा परामर्श लिनको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-subodh-dahal/

Answered on 19/6/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters