Asked by Anonymous User ,31 years

on 3/4/20

नमस्ते!! म दामोदर ।। मेरो घर त्रीबेणी हो ।। मलाइ 3 4 दिन भयो अलि नमजा लागिरछ ।। मनमा सोच हरु आको आइ गर्छ ।। राती निद्रै लाग्न छोड्यो 4 दिन भयो कैले छट्पटी हुन्छ त कैले के के सोचिराहुन्छु ।। यो अवस्थाम म के गरौ ।। होस्पिटल जाउ त सबै बन्द छ । 1 बर्स अगाडि मैले anxety को मेडिसिन लेकोथे ।। टाउको भारी भको हुन्छ टाउको दुखिरख्छ कैले अगडी कैले पछडी मन आतेको जस्तै हुन्छ आतिरन्छ सुत्न सकेको छैन फ्रेस feeling पनि आकोछैन मनैदेखी ।। राती घाँटी सुक्छ नाक पनि ।। मलाइ यो हुनलको आज 5 दिन भयो ।। म के गरौ योअवस्थाम ।। निदौनपाए पनि सजिलो हुन्थ्यो ।। हिजो मैले alprazolam 0.25 खाएर सुतेको ।। सारै निद्र नलागेर ।। तेसैले मलाई केइ उपाये हरु वा मेडिसिन भए help me i wana b fresh nd feel good nd sleep ..

Replies to question

Post Reply

औषधि त छैन मसग ।। तेइ हो paaz 0.25 यो मत्र छ सर । एस्म परामर्स लिदा दवाइ पनि भन्नुहुन्छ हो? ऐले अस्पताल जान पैयेको छैन एस्तो बेला छ तेसैले कसरी हामी जचाउन सक्छौ

Answered on 4/4/20

सकेसम्म आफुलाई व्यस्त राख्नुहोला! योगा, ध्यान वा अन्य केहि समय बिताउने कुराहरु गर्नुहोला! गीत सुन्नुहोला वा फ्लिम हेर्नुहोला वा आफ्नो साथीभा र परिवारसंग बसेर गफगाफ गरी दीन कटाउनुहोला! ऐलेको समयमा बढी तनाब दिने वा मन अत्याउने सामाजिक संजाल वा समाचारहरु नहेर्नुहोला वा हेरे पनि आधिकारिक मात्र हेर्नुहोला! निन्द्राको लागि निदाउनु अगाडी मोबाइल धेरै नचालाउनुहोला र सुत्ने बेलामा सकेसम्म धेरै नसोची निदाउने प्रयास गर्नुहोला! खाइरहेको औसधी केहि समयलाई निन्द्रा नार्दै नपरेमा खान सकिन्छ! अस्पताल खुलेपछि एकपटक अमानोचिकित्सकाको मा गएर परामर्श लिनुहोला! ऐले पनि अनलाइनबाट मनोचिकित्सकसंग परामर्श लिएर थप सल्लाह लिन चाहुनूहुन्छ भने यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-anoop-krishna-gupta

Answered on 3/4/20

Post your Reply

Press Here to type in नेपाली ➤