Asked by Anonymous User

on 12/12/20

४२ दिनको छोरी अहिले सुख्खा रुघा लागेको छ ।राति चाहि सास अलि अप्ठेरो गरि फेर्छे ।ज्वरो आएको छैन ।आमको दुध बाहेक अरु केहि खुवाएको छैन ।दुध पनि खान्छे अहिले चाहि अलिक अप्ठेरो गरी खान्छे ।रुघा लागेको २ दिन भयो । रुने झगडा गर्ने केहि गर्दिन तर कहिले काहि नाक थुनिएर होला सास फेर्न गाह्रो हुदा चाहि रुन्छे घ्यार घ्यार गर्छे ।सुत्न पनि राम्रोसग सुत्छे तर निन्द्रामा कहिले काहि उल्टी होला झै गरिरहन्छे 2/4 दिन जती भयो ।कहिले काही चाहि उल्टी पनि गर्छे ।के भएको होला के गर्नु पर्छ होला हजुर ?

Replies to question

Post Reply

thank you so much for you kind information sir.

Answered on 14/12/20

Lets wait for the reports, and do as your doc suggested. this doesn't look serious, but i am unaware of clinical findings of your daughter. Go on for the follow up.

Answered on 14/12/20

१ मिनेट्मा २५ पटक । सास फेर्न नसक्दा बन्द हुदा निलो हुने लक्षण छैन । दुध खाने बितिक्कै बान्ता गर्दिन । खोकि लागिरह्ने पनि छैन । दिनम १/२ पटक बान्ता गर्छिन । निन्द्रामा पनि कहिले काहि बान्ता गर्न झै वाक्क वाक्क गर्छिन । निन्द्रामा बान्ता चाहि हुदैन झगडा गर्ने रुने चाहि गर्दिनन ।खोक्दा बान्ता गर्दिनन । त्यतिकै सामान्य झै सुतिरहेको बेला मा बान्ता गर्छिन ।अहिले आज चाहि अस्ति तिर जस्तो सास फेर्न गाह्रो भएर घ्यार घ्यार आउने नाक बन्द भए झै हुन कमि भएको छ । तर पिसाब ४/५ घन्टा मा मात्र हुन्छ । हिजो अस्पताल देखाएको । कल्चर को लागि रगत र पिसाब इन्फेक्सन को लागि पिसाब छाडेर आएको छ । बुधबार आउनु भन्नु भएको छ । न अर्को ठाउमा जानु न त कुर्नु भयो ? कृपया सल्लाह पाउ न।

Answered on 14/12/20

नानि ले १ मिनेट मा कति चोटी सास फेर्छिंन ? उसलाई सास बन्द हुदा उह निलो हुदै गएको क्क्क्ष कि छैन? ग्यार ग्यार भएको २-४ दिन भयो भन्नु भयो! अनि बान्ता खान खयासी तुरुन्तै गर्छिन कि खोक्दा खोक्दा गर्छिन कि जुन बेला नि गर्छिन ? एकचोटी नानी को फोक्सोको सास सुन्नु पर्छ, अनि मात्रै सामान्य हो कि अरु की नै हो भन्न सकिएला! कृपया PEDIATRICIAN को परामर्स लिनुहोस् !

Answered on 14/12/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters